Advertisements

हसुलिया, १ असोज । कैलालीको भजनी नगरपालिकाका पूर्वमेयर शेरबहादुर चौधरीलाई माओवादी केन्द्रले ६ महिनाका लागि निलम्बन गरेको छ । बहुविवाहको आरोप लागेपछि पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य रहेका चौधरीलाई माओवादी केन्द्रले ६ महिनाका लागि निलम्बन गरेको हो ।

‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहर्ष स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ ।

उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । सोबारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए । उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको बैठकले सो निर्णय गरिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ