FB_IMG_1695517670431

हसुलिया, ६ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले थारु समुदायको बरघर÷भल्मन्सा प्रथालाई वैज्ञानिक रुपमा अगाडी बढाउनका लागि चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेतिएको बताएका छन् ।
थारु कल्याणकारिणीसभा कैलालीको शनिबार कैलारी गाउँपालिकाको हसुलियामा सुरु भएको नवौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले बरघर प्रथालाई वैज्ञानिक रुपमा अगाडी बढाउने बताए ।
प्रदेश सरकार हरेक जातजाती भाषाभाषीहरुको संरक्षण सम्बद्र्धन गर्न तयार छ’, मुख्यमन्त्री शाहले भने, ‘ म त्यसलाई अठोट गर्न चाहन्छुु । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा थारु समुदायमा परम्परा देखि चल्दै आएको बरघर÷भल्मन्सा प्रथालाई वैज्ञानिक रुपमा अडागी बढाउनु पर्छ भन्ने नीति तथा कार्यक्रममा राखेका छौं । त्यसको लागि प्रदेश सरकारले के गर्नुपर्छ तयार रहेको छ ।’
कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी थारु समुदायको पहिचान र संस्कृतिमाथि नै ढावा बोलिएकोले एकभएर आवाज उठाउन आग्रह गरे ।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी माग मुद्दाका लागि एकताको खाँचो रहेको औंल्याए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाके महामन्त्री मिनराज थारु, केन्द्रीय सदस्य प्रभातकुमार चौधरी, रामचरण चौधरी, इन्दु थारु, जिउलाल चौधरी, पूर्व मन्त्री गौरीशंकर चौधरी, संविधान सभा सदस्य कृष्णकुमार चौधरी, कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरी, लम्कीचुहा नगरपालिकाका उप प्रमुख जुना चौधरी, टीकापुर राजबन्दी रमप्रसाद चौधरी, नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज डगौरा, नेकपा एमालेका होरीलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीका प्रदीप चौधरी, जसपाका गया प्रसाद कुश्मीलगायतले अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताएका थिए ।
सोही कार्यक्रममा थारु समुदायको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको थारु व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कैया चौधरी, भानु चौधरी, इन्दिरा चौधरी, कौशिला चौधरी, बुन्दीलाल चौधरी, जोहारीलाल चौधरी, सुनिता चौधरी, नविन चौधरी, प्रमिला चौधरी, सागर कुश्मी चौधरी, राम दहित, गिता चौधरी, रामसिंह चौधरी, संगिता चौधरी रहेका छन् ।
कार्यक्रम थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव थारुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थारु सांस्कृतिक झाँकी कठघोरी, शखिया, होरी, झुमरा नाच प्रस्तुत गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ