received_352690524007527

हसुलिया : दशैको अवसरमा कैलारी गाउँपालिका-५, बैजपुर गाउँमा दशैँ मिलन तथा सांस्कृतीक कार्यक्रम सम्पन्न भएकाे छ ।

थारु संस्कृतीको जगेर्ना गर्न आउ सबजे नाची, डाेसर पुस्टक लाग साँचि मुल नाराकाे साथ दशैँ मिलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हाे ।

साे कार्यक्रम मन बहलैना बगाल र न्यू प्रशंशा युवा क्लवको संयुक्त आयोजनामा र मिडिया पाट्नर कैलारी पाेष्टकाे रहेको र कैलारी पाेष्टकाे फेसबुक पेजबाट लाईभ प्रसारण गरिएकाे थियाे । मन बहलैना बगालले साँस्कृतिक कार्यक्रमबाट संकलित रकमबाट समाजिक कार्य गर्दै आएको छ। यसअघि गाउँकाे सहकार्यमा मञ्च निर्माण तथा बजारकाे नामाकरण गरि बाेर्ड निर्माण लगायतकाे कार्य गरिएकाे बगालकाे प्रतिनिधि बालमाेती चाैधरीले बताईन।
आइतबार आयोजित सांस्कृतिक कार्यक्रममा थारु संस्कृती झल्किने सखिया नाच, झुम्रा नाच र आधुनिक डान्स प्रस्तुत गरिएको क्लवका अध्यक्ष हरिचरण चौधरीले बताए । कार्यक्रममा स्थानिय बुद्धिजीवी, नेता, भलमन्सा, अघरिया, शिक्षक, पत्रकार तथा स्थानियहरुकाे सहभागीता रहेकाे कार्यक्रममा साहित्यकार वीर बहादुर चाैधरी र गायिका तथा साहित्यकार कविता काव्यले कार्यक्रम सञ्चालन गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ