– रोशन रसाइली
कैलालीकाे घाेडाघाेडीमा प्रगति जलवायु मैत्री कृषक पाठशालाको औपचारिक कक्षाको समापन भएको छ ।
वल्ड भिजन इन्टरनेसनल को आर्थिक सहयोगमा दिगो विकास समाज भजनि द्वारा सञ्चालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तर्गत घोडाघोडी नगरपालिका संगको साझेदारीमा घोडाघोडी नगरपालिका वडा नम्बर ८ तिलकनगरमा सञ्चालित कक्षा समापन भएकाे हाे।
उक्त प्रगति जलवायु मैत्री कृषक पाठशालामा सहजकर्ता दिपा कुमारी चौधरी लगायतका सम्पुर्ण टिमले यहाँका स्थानिय २५ जना सहभागि महिला पुरुष किसानलाइ ३ महिने तालिम दिएर निकै लाभदायी र महत्वपुर्ण कुरा सिक्न पायौ भन्ने कुरा प्रशिक्षार्थि कर्ण बहादुर रसाइली ले भनेका हुन । र उक्त कार्यक्रममा स्वागत मन्तब्य दिपा श्रीपाइलीले गर्नुभएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि मेयर रावतले मन्तव्यमा बोल्दै यस घोडाघोडी नगरपालिकामा शिक्षा, स्वास्थ र कृषि लाइ प्रमुख प्राथमिकता दिनुपर्ने कुरामा नगरपालिका लागी परेको बताएका हुन्। उक्त कार्यक्रममा आमन्त्रित अतिथि स्थानीय युवा रोशन रसाइलीको मन्तव्यमा स्थानीय किसानहरुले उत्पादन त गर्छन् तर त्यसको बजारिकरण र भण्डारण गर्ने उचित व्यवस्थापन नभएको साथै कृषि सहकारी संस्था र कृषि समुहमा कृषि जन्य अनुदानका कार्यक्रमहरु व्यवस्था गरियोस भनी अाग्रह गरेका थिए।
वल्ड भिजन इन्टरनेसनलको आर्थिक सहयोगमा दिगो विकास समाज भजनि का अधिकृत प्रभु ढकाल ले उक्त पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना प्रगति जलवायु मैत्री कृषक पाठशाला मा सहभागिता भएका २५ जना प्रशिक्षार्थि हरुलाइ थप हौसला दिदै सिकेका कुराहरु निरन्तर सक्रियताको साथ अगाडि बढ्नुहोस । र अरु थुप्रै कार्यक्रम गरेर आर्थिक समृद्धि गर्नको लागि कृषि क्षेत्रमा उत्पादन बजारिकरण गर्ने तरिका सिकाउछौ र गैर कृषिमा पनि जस्तै भुमिहिन व्यक्तिहरुको वालवालिकाहरुको लागि पनि आर्थिक सहायता गरि उनिहरुको जिवन उकास्न मद्दत गर्दछौ भन्ने कुरा बताउनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर राउत , विशिष्ट अतिथि वडा नं ८ का वडा अध्यक्ष,विर बहादुर साउद , अतिथिको रुपमा श्री जनबिश्वास कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष धनबहादुर विश्वकर्मा, तारानगर कृषि सहकारी संस्था लि का अध्यक्ष झपट भण्डारी लगायतका व्यक्तिहरुको उपस्थितिमा सम्पन्न गरियो साथै उक्त कार्यक्रमको अध्यक्षता दिल बहादुर चौधरीले गरेका थिए ।
उक्त कार्यक्रममा सहभागीहरु २५ जनाले ३ महिनाको तालिम सकिसकेपछि प्रमुख अतिथि रावत मेयर र ८ नं. वडा अध्यक्ष, र अतिथिहरुको हातबाट तालिम प्रमाणपत्र बितरण गरि दिक्षान्त गरेका हुन ।।
शुक्रबार, ३ कार्तिक