कोहलपुर, २६ फाल्गुन । कोहलपुर बांकेमा स्रष्टा सम्मान तथा कृति बिमोचन कार्यक्रम बुधबार सम्पन्न भएको छ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बांकेको आयोजनामा आज कोहलपुर पार्टी प्यालेसमा भएको एक कार्यक्रममा प्रमुख अतिथि कथाकार सनद रेग्मी रहनु भएको थियो। उहाँले कार्यक्रममा नेपाली तथा थारू साहित्यको उन्नतिको लागी एकदमै गहन रुपमा लाग्नु पर्ने आवश्कता औलाउनु भयो। सो अवसरमा कथाकार शेखर दहितद्व्रारा लिखित “ठाँह्रा” कथासंग्रह बिमाेचन भएको थियो भने कथाकार माया ठकुरी सम्मानित भएकी थिइन।

कार्यक्रममा प्रा.डा. योगेन्द्र यादव, उषा ठाकुर, कथाकार तथा नाटककार सुशिल चौधरी, जन्ग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनरौरा लगायत दर्जनौ स्रष्टाहरुको उपस्थिति रहेको थियो।
