Screenshot_20231105-142729_Facebook
Advertisements

हसुलिया, १९ कार्तिक । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नम्बर ३ मा डिया डेवारी सांस्कृतिक कार्यक्रम भएकाे छ ।

थारु समुदायकाे परम्परागत कला, संस्कृति, भाषा संरक्षणके लाग राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशकाे आयाेजनामा कार्यक्रम भएकाे हाे। कार्यक्रमकाे सहभागी पाहुनाहररु समुदायकाे परम्परा संस्कृति विस्रेर संस्कृति न अपनाउने आग्रह गरेका छन ।

डिया डेवारी सांस्कृतिक कार्यक्रमकाे प्रमुख अतिथि कैलारी गाउँपालिकाकाे उपाध्यक्ष भगवतीकुमारी चौधरी युूवा पिढी अाफ्नाे संस्कृति विर्सेर बाहिरकाे संस्कृतिलाई अपनाउदै अाएकाे बटाइन । विशेष गरि चाडपर्वमा हुने सांस्कृतिक कार्यक्रम थारु समुदायकाे परम्परागत संस्कृति झल्किने कार्यक्रम भए राम्राे हुने, गाउँपालिका उपाध्यक्षले भनिन, ‘अब अाफ्नाे संस्कृतिलाई महत्व नदिएर बाह्य संस्कृति अंगालेकाे देखिदैछ । अाफ्नाे रिति, संस्कृति सीपलाई विर्सेर गएकाे देखिदैछ । पहिचान जोगाउनकाे लागि अब अाफ्नाे भाषा संस्कृति अनुसार कार्यक्रम गराै ।’


उहाँले भनिन, ‘थारु समुदायमा पहिले फुर्सदकाे समयमा गोँरी बुनिन्थ्याे।अाफुले बुनेनल ढकिया, छिटवा, बन्ठी, खैचा, डिलियालगायतकाे प्रयोग गराै तर अहिले प्लाष्टिक भाडा ल्याएर प्रयोग गर्छौ । मेहनत गर्न छोर्दैछाै । घर घरमा प्लाष्टिक भाडाबाट हाम्राे स्वास्थ्यकाे लागि राम्राे हाेईन । प्लाष्टिक भाडाकाे प्रयोग बढ्दै गए हाम्राे पहिचानका सबै चिज विस्थापित हुदै जादैछन ।’

अब खाली ठाउँमा पुञ्जा, कसुङगा राेपे गाउँपालिका त्यसकाे बजारीकरणकाे जिम्मा लिने गाउँपालिका उपाध्क्ष्यक्ष बटाईन। गीत बाँस संरक्षणकाे लागि गाउँपालिकाबाट वडा नम्बर ४ मा मादल बजाउने तालिमकाे आयोजना गर्दैछौं । किनकि आज भाेलि मादल बजाउने मान्छे मिल्दैनन।

कैलारी गाउँपालिकाकाे पूर्व उपाध्यक्ष लक्ष्मी सत्गौवा तपाईहरुकाे कलाकारिता क्षेत्रबाट सुरुवाट गरि राजनिति तिर प्रवेश गरेकाे बताईन कलाकारिताकाे माध्यमबाट समाज परिवर्तन गर्न सक्ने बटाईन। उहाँले भनिन, अब कलाकारिता क्षेत्र धेरै फडको मारेकाे छ कलाकारहुरु पुरानाे परम्परागत संस्कृति संरक्षण गर्नसक्छन ।

थारु कल्याणकारी सभाकाे केन्द्रीय सदस्य रामचरण चौधरी थारु समुदाय गीतबाँस, संस्कृतिके धनी समुदाय रहेकाे तर परम्परागत रिति संस्कृति, गीतबाँस हेराउदै गएकाे बटाए। उहाँले भने, ‘थारु समुदाय पहिले समय अनुसार गीतबाँस गाउथे, नाँच्थे, अक उ हेराउदै गएकाे छ। सम्ह्रौटी, सजना, मागर, मैना, ढुमरु, बरकीमार, भिन्सरीयालगायत बिभिन्न नाँच कार्यक्रममा सिमित भएकाे छ ।’

जानकी गाउँपालिकाकाे पूर्व उपाध्यक्ष उमादेवी महतो भाषा, कला, सस्कृति हाम्राे सम्पति रहेकाे बटाईन । यूवाहुरु अाजकाे कर्णधार हुन भन्दै उनिहरुकाे राम्रो ज्ञान, सीप सिखाए राम्रो स्थान पाउन सक्ने उहाँले बटाईन । कला, संस्कृतिकाे रुपमा विकृति नल्याउने उहाँ आग्रह गरिन । उहाँले भनिन, ‘थारु समुदायकाे चाडपर्वमा छाँकी बुँदा चह्राउनु चलन छ, उ पछि पिउने चलनपनि थियाे, तर जाँर डारु हामिलाई पिउन लागेकाे छ ।’


कैलारी गाउँपालिका वडा नम्बर ३ के वडा अध्यक्ष सन्तराम चौधरी नेपाली काँग्रेस कैलारी गाउँपालिका सभापति कृष्ण प्रसाद चौधरी
नेकपा माओवादी एकिकृत कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीले मन्तव्य व्यक्त गरेकाा थिए।

डिया डेवारी सांस्कृतिक कार्यक्रमकाे अवसरमा थारु समुदायके कला, संस्कृति सरक्षण सम्वद्र्धनकाे सहयोग दिने सुपक थारु सलिमा पहुराकाे संचालक गोविन्द मुखिया, सिएस यूटुव च्यानलकाे संचालक सतिश सिन्ह, स्वर्गिय गायक पतिराम चौधरीकाे दाजु हरिराम चौधरीहे सम्मान गरिएकाे थियोे ।

बसौटीकाे मुङग्रहुवा नाँचबाट स्वागत गरिएकाे कार्यक्रममा बेनौली गाउँकाे सखिया नाँच, के गाउँकाे लाठी नाँच, कठघोरी नाँच, भररीकाे झुम्रा नाँच, रानामुडाकाे सखिया नाँचलगायत थारु कलाकारहरुकाे परम्परागत र आधुनिक गीतबाँसमा प्रस्तुति देखाईएकाे थियाे ।
राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेश अध्यक्ष संगत थारुकाे सभापतित्वमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य कलाकार तथा नागरिक उन्मुक्ती पार्टीकाे केन्द्रीय सदस्य चन्द्र चौधरी चाँदले गरेका थिए । कार्यक्रमकाे संचालन राज चौधरी र सुनिता चौधरी ‘फकलपुरान बुदी’ गरेका थिए । कार्यक्रममा कैलारी गाउँपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष ठागुराम चौधरी, वडा नम्बर ५ काे वडा अध्यक्ष विष्णु प्रसाद चौधरी, वडा नम्बर ६ वडा अध्यक्ष प्रेम बहादुर चौधरी पनि अतिथिकाे रुपमा सहभागी भएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ