Screenshot_20231105-105046_Facebook

धनगढी । सुगौली सन्धीपछि नयाँ मुलुकका रुपमा गाभिएका चार जिल्ला मध्ये कैलाली पनि एक हो । नयाँ मुलुकका रुपमा गाभिएदेखि नै कैलाली जिल्ला अन्तरगत थियो, डोके बजारको पूर्वपट्टी गौरीफन्टा नाकासंग जोडिएको भूभाग । तर कोभिडको बेला त्यो भूभाग षडयन्त्रपूर्वक कञ्चनपुरमा गाभियो ।

पछिल्लो पटक त्रिनगर भन्सार कार्यालयमा रहेको प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र हटाईयो । र, धनगढी नाकालाई प्लाण्ट क्वारेण्टीन बिहीन बनाईयो । धनगढीलाई नाका बिहीन, भन्सार बिहीन बनाउने षडयन्त्रको यो योजनाबद्ध निरन्तरता हो ।

धनगढीस्थित त्रिनगर भन्सार कार्यालय सुदूरपश्चिम प्रदेशको मुख्य नाका हो । यद्दपि बिभिन्न नाम र बहानामा यो नाकामा सामानहरुको आयात– निर्यातमा अबरोध हुदै आएको छ । बिगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेण्टीन तथा विषादी व्यवस्थापन केन्द्र, संघीय सरकार कृषि मन्त्रालयद्धारा २०८०, साउन २८ देखि अचानक बन्द भयो । जसका कारण धनगढी नाकाबाट धान, गहुँ, मकै, फलफुल, पशुपञ्छी तथा दुग्धजन्य वस्तुहरुको आयात– निर्यात ठप्प भएको छ । यसको प्रत्यक्ष असर यस क्षेत्रका उद्योग, व्यवसायमा परेको छ । अधिकांश उद्योगहरु बन्द भएका छन् । कृषिजन्य वस्तुसंगै दैनिक उपभोग्य वस्तुको समेत मूल्य बृद्धि भएको छ । जसको प्रत्यक्ष असर आमजनतामा परेको छ । त्यतिमात्र होईन, प्लाण्ट क्वारेण्टीन बन्द गरिएपछि कैलाली भन्सारको राजस्व असुलीमा भारी गिरावट आएको छ । प्रकारान्तरमा धनगढीलाई भन्सार बिहीन बनाउने षडयन्त्र हो, यो । राजस्व असुली शुन्यमा झार्ने र राजस्व असुली नै नहुने भन्सार कार्यालयलाई हटाउन बहाना बनाउने यो नियोजित खेल हो ।

सुदूरपश्चिमको मुख्य नाका धनगढी हो । तर कृषि मन्त्रालयले प्लान्ट क्वारेण्टीनको मुख्य कार्यालय गड्डाचौकीमा राख्यो । बनवासाको पुल भएर ठूला माल बाहक गाडीहरुको आवात जावत भने हुदैन । ठूला मालबाहक गाडी जावत जावत हुने नाका पनि धनगढी हो । तर षडयन्त्रपूर्वक धनगढीलाई प्लान्ट क्वारेण्टीन बिहीन बनाईयो । यस क्षेत्रका उद्योगधन्दा बन्द गर्ने षडयन्त्र हो यो ।

जहाँ जुन कार्यालय आवश्यक छ । जहाँ जसको स्थापनाको महत्व छ । त्यही स्थापना गर्ने हो । प्लान्ट क्वारेण्टीन सेवा आवश्यक धनगढीमा छ । तर स्थापना भयो । यसको अर्थ यो होईनकी त्यहाँ स्थापना गर्न हुदैन । त्यो नाकामा पनि प्लान्ट क्वारेण्टीन सेवा हुनुपर्छ । तर यहाँको नाकामा पनि त्यो सेवा सुचारु गर्नुपर्छ ।पश्चिम टुडेबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ