Screenshot_20231109-074305_Facebook
Advertisements

धनगढी,२३ कार्तिक । कैलालीको धनगढीमा सामुदायीक विद्यालय निजी श्रोतका शिक्षकहरु आन्दोलित बनेका छन् । सामुदायीक विद्यालयमा अध्यापन गराइरहेका निजी श्रोतका शिक्षकलाई स्वतः स्थायी गर्नुपर्ने माग गर्दै उनीहरु मंगलबार देखी आन्दोलित भएका हुन्। निजी श्रोत शिक्षक संघर्ष समिती धनगढी कैलाली गठननै गरेर सामुदायीक विद्यालय निजी श्रोतका शिक्षकहरुले धनगढी उपमहानगरपालीकामा अनिश्चितकालिन धर्ना दिएको बताएका छन् ।

लामो समय देखी सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुलाई बिद्यालय समायोजन र दरबन्दी मिलान गर्ने नाममा उपमहानगरपालीकाले निजी श्रोतका शिक्षकहरु बिस्थापित गर्ने योजना बनाएको निजी श्रोत शिक्षक संघर्ष समिती धनगढी नगर अध्यक्ष बालाराम जोशीले बताए। उनले न्युनतम पारिश्रमिकमा काम गरिरहेका शिक्षकहरुलाई सेवा र सुबिधा बढाउनुको साटो उपमहानगरपालीकाले यस्तो निर्णय गर्न नहुने उनले बताए ।

धनगढी वडा नम्बर १७ स्थीत न्यु कालीका आधारभुत बिद्यालयका प्रध्यानाध्यापक समेत रहेका जोशीले २०७४ साल देखी नै सो सम्बन्धमा पटक पटक उपमहानगरपालीकालाई ध्यानाकर्षण गराएपनी हालसम्म सुनुवाई नभएको बताए । उनले भने, त्यसपछि नगर शिक्षक कार्यबिधी २०७८ उपमहानगरपालीकाबाट पारित गराइपनी सुनुवाई भएन, त्यसकारण हिजो देखी हामी निरन्तर आन्दोलनमा उत्रिन बाध्य भएको छौँ । यस्मा उपमहानगरपालीकाले ध्यान दिनुपर्छ ।

बिशौँ,पच्चिसौँ बर्ष बिद्यालयमा नै जिवन बिताइरहेका निजी श्रोतका शिक्षकहरु बिस्थापित गर्दा रोजीरोटी नै गुम्ने अवस्था आएको धनगढी बेहडाबाबा आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम भट्ट नेपालले बताए। राहात, अस्थाई शिक्षकहरुलाई स्थायि गर्नुपर्ने र योग्यता, क्षमतासरह तलब तथा सेवा सुबिधा दिनुपर्ने भन्दै उपमहानगरपालीकाले ध्यान दिनुपर्ने बताए।

दरबन्दी मिलानमा बिगत र अहिलेका शिक्षकहरुलाई बिभेद नगरी उनीहरुको भावना अनुसार उपमहानगरपालीका गम्भिर बन्नुपर्ने बताएका छन्। आफुहरुले अनिश्चितकालिन धर्नामा उत्रिएको भन्दै माग सुनुवाई नगरे सशक्त आन्दोलन गर्ने शिक्षकहरुको चेतावनी छ । यता धनगढी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख नरेन्द्र खातीले सो सम्बन्धमा आफु बाहिर भएकाले जानकारी नभएको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ