FB_IMG_1699498871017

हसुलिया। दिपावली नजिकिँदै जाँदा कैलारी गाउँपालिकाका बजारहरु हसुलिया, पवेरा, माेहनी बजार, गदरिया बजार प्रायः सुनसान छन्

नेपाली बजार भन्दा सिमावर्ती भारतिय बजार चंदन चौकी बजारमा किनमेल गर्नेहरुकाे भिड भने बढ्न थालेकाे छ।
रमित वलीका अनुसार प्रत्येक दिन ५ देखि १० हजार नेपालिहरु केलमेल गर्न चन्दन चाैकी बजार जाने गर्दछन। नेपाली बजार भन्दा कंयौ गुणा सामान सस्तो पाईन्छ भनी प्रायः जसो मानिसहरू सिमावर्ति बजार धाउने गरेका छन। मानिसहरू दुई पैसा बचत लागि पनि त्यहाँ जाने गर्छन् बिडम्बना नेपाली सुरक्षाकर्मिले कहिलेकाही अनायसै दु:ख दिने गरेको किनमेल गर्ने नेपालीहरुको गुनासो छ।

दु:ख दिने नेपाली सुरक्षाकर्मीबारे नेपाली सिमा सुरक्षा बल बि ओ पि खोनपुरका डिएसपि दिनेश खडकालाई बुझदा घरायसी सामान बिना राेकटाेक गैरहेका छन तर सुर्तीजन्य सामानहरु, प्लाष्टिकका फुलहरु, पटाकाहरु जस्ता सामानहरु राेकेकाे जानकारी गराउनु भएकाे छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ