हसुलिया। कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ मा थारु समुदायको संस्कृति संरक्षण गर्नका लागि मादल बजाउन र बनाउने तालिम सुरु गरिएको छ ।‘हमार भाषा, कला, संस्कृति हमार पहिचान यिहीहे बचैना हमार अभियान’ भन्ने मुल नाराका साथ आदिवासी जनजाती थारु समुदायको संस्कृति संरक्षणका लागि सुरु भएको १० दिने तालिमको उदघाटन कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले गर्नु भएको छ ।
उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्षले भन्नु भयो थारु समुदायको आफ्नै भाषा, कला संस्कृति, परम्परा, रिति संंस्कृति रहेको भए पनि विस्तारै लोप हुन लागेको बताउनु भएको छ । पुर्खाहरुले आफ्नो ज्ञान सीप मृत्यु पश्चात आफैसंग लिएर जाने भएकोले यसको लागि सिप कला र ज्ञान पुस्तान्त्रण हुन जरुरी रहेको बताइएका छन । यूवा पिढीहरुलाई परम्परागत रिति संस्कृति भन्दा डिजे बाजामा बढी ध्यान दिने गरेकोमा दुःख व्यक्त गर्नु भएको छ ।
थारु गाउँघरमा फेरी पुराना नाँच सुरुवाट गर्ने प्रयास गर्न मादल बजाउने मान्छे नपाउनु जस्ता समस्याले मादल बजाउने जनशक्ति उत्पादनको लागि तालिम प्रदान गरिएको चौधरीले बताएका छन । कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीको अध्यक्ष्यातामा भएको हो । थारु समुदायमा धेरै नाँच लोप हुदै गै रहेकोले यसको संरक्षण गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।
उक्त तालिममा प्रशिक्षक छल्लु चौधरीले गरि राख्नु भएको छ कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य हरिद्वारी चौधरीले गरेका थिए भने संचालन वडा सचिव श्रीप्रसाद चौधरीले गर्नु भएको थियो । तालिममा १५ जनाले मादल बजाउने र बनाउने सहभागी रहेका छन ।