Screenshot_20240117-222018_Facebook

धनगढी। कैलालीको धनगढीमा बुधबार (आज) यो वर्षकै सबैभन्दा बढी चिसो भएको छ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले बुधवार धनगढीको न्युनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको जनाएको छ। जुन यो वर्षको हालसम्मकै कम हो। फिल्ड कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार आज यो वर्षकै सबैभन्दा कम तापक्रम रहेको पाइएको छ।

चौधरीले अधिकतम तापक्रम पनि अहिलेसम्मकै सबैभन्दा कम ११ दशमलव ७ डिग्री मापन भएको बताए। धनगढीसहित कैलालीमा अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ