शत्रुघन चाैधरी
पश्चिम तराईको थारू समुदायमा हरेक गाउमा अहिले आागामि वर्षकालागी नयाँ नेतत्व चयन गर्न भुरा खेल, ख्याल हुदैछ। यो खेलबाट प्रजातान्त्रिक पद्धतिद्वारा हरेक गाउँमा अगुवा वरघर, भलमन्सा, ककन्डार, प्रधान, गुरूवा, चैाकीदार, चिरक्या चयन गरिन्छ । परापुर्व देखि प्रचलनमा रही अाएको वरघर लगायतको प्रणालिले समाजलाई निरन्तर अगाडि बढाईरहेको छ । समाजशास्त्रीय नियम अनुसार समुदायका हरेक पक्षको अहं भूमका हुन्छ ।समाज अघि बढन सबैको भूमिका उत्तीकै महत्व पुर्ण हुन्छ । यसकारण थारू समुदायलाई निरन्तर अघि बढाउन, संस्कृति, परम्परा, मुल्यमान्यताल महतवपुर्ण भूमिका रहिअाएको छ । यी सबै परम्परा, सस्कृती र समाजमा रहेका विभिन्न पात्र समाजशास्त्रीय दृष्टिकाेणले भन्नु पर्दा प्रकार्यवादका उदाहरणका रूपमा लिन सकिन्छ । अर्को महत्वपुर्ण कुरा वरघर भलमन्सा लगायतका हरेक पदाधिकारीहरूको सबैको आआफ्नै छुट्टा छुट्टै कार्यविवरण हुन्छ । स्थानीयस्तरमा सामाजिक काम होस या विकासका काममा उनीहरूको अहं भूमिका हुने गरेको छ ।

भुरा खेल तस्वीर : उमाकान्त चैाधरी, बालगोविन्द चैधरी ।
अर्को शब्दमा भन्नु पर्दा उनीहरू गाउको की पर्सन हुन । गाउँमा कुनैपनि कार्यक्रम गर्दा बरघर, भलमन्साहरूको सहभागिता सल्लाह सुझाव नेतृत्व अावश्यक पर्छ र सथमा लिनै पर्छ ।
भुरा खेलको अर्केो सुन्दर पक्ष वर्ष भरीको कामको समीक्षा गर्नु , आयव्ययको लेखाजोखा गर्नु र अन्यविविध समसामिक विषयमा छलफल गर्नु पनि हो । यो छलफलमा खुला रूपमा बहस गरिन्छ । यसमा महिला पुरूष गाउँका अगुवा वुद्धिजीविको सहभागिता हुन्छ । अझ भनाै छपरगन्ती ( प्रत्येक घरबाट एकजना अनिवार्य) सहभागिता रहेको हुन्छ । यस खेलमा विगत वर्ष राम्रा के के भए, सुधार गर्नु पर्ने के के छन, अब कसरी जाने बारे व्यापक छलफल हुन्छ । निचोड निकाल्ने गरिन्छ । राम्रो काम भए पुरानैले निरन्तरता पाउछन । काम मन परेन भने नयाँ नेतृत्वचयन गरिन्छ । नयाँ नीति नियम बनाईन्छ ।

भुरा खेल तस्वीर : उमाकान्त चैाधरी, बालगोविन्द चैधरी
भुरा खेल सर्वजनिक जवाफदेहिताको अनुपम उदाहरण हो । नाम जे भजेतापनि यो खेलमा सार्वजनिक परीक्षण हुन्छ। सार्वजनिक सुवाई हुन्छ । अतह थारू समुदायमा परापुर्वकाल देखिनै सार्वजनिक जवाफदेहिताको अभ्यास हुदै अाएको छ । शुसासनमा पनि यस किसिमको परमपराको अहं भुमका रही अाएको छ । यस अर्थमा थारू समुदायमा प्रचलित वरघर प्रणालि पारदर्शिता, जवाफदेहिता, सहभागिता, विधिको शासनलाई कर्यन्वयनमा एक काेषे ढुंगा सावित भएको छ । यसलाई निरन्तरता दिन अति जरूरि छ । बैधानिकता दिन जरूरि छ । राज्यले अोपचारिकता दिन जरूरि छ । बरघर ऐन थारू बहुल क्षेत्रमा लागु गर्न अति अावश्यकछ । यसले सुशासन प्रव्रधनमा ठुलो टेवा दिनेछ , अन्ततदेश विकासमा अहं भुमिका खेल्नेछ ।
भुरा खेल सफलताको शुभकामना, जय होस !!!