धनगढ़ी । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।
देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।