32072801_1078419105643245_596063696006938624_o
Advertisements

बर्दिया १, चैत्र। बर्दिया जिल्लामा बर्दियाली साहित्य समाजकोको छैठौं अधिवेशन तथा बिसौं साधरणसभा शनिवार गुलरियामा सम्पन्न भएको छ ।

दुई दशक लामो गौरवशाली इतिहास बोकेको साहित्यिक समाजले लामो समयपछि नवजीवन पाएको छ । उद्घाटन सत्रमा प्राध्यापक रमेश ज्ञवालीले बर्दियाली साहित्य समाज अब पुनः जुर्मुराएर अघि बढ्न सुझाव दिनुभयो । पूर्व अध्यापक मदन ज्ञवाली, कवि तथा पूर्व शिक्षक नरेन्द्र लम्सालले साहित्यको उन्नतिका लागी सबैले हातेमालो गरेर लाग्नुपर्ने बताउनु भयो । उद्घाटन सत्र पूर्व अध्यक्ष तथा कवि इन्द्रमणी पौडेलको अध्यक्षतामा र सचिव दिपक शर्माले संचालन गर्नुभएको थियो । उपाध्यक्ष हरिहर शर्मा आचार्यले स्वागत गर्नुभएको थियो । छैठौं अधिवेशनमा नयाँ कार्यसमिती चुनिएको छ जसमा संस्थापक अध्यक्षमा राजेन्द्र धिताल, सचिव सुशील चौधरी, उपाध्यक्ष लक्ष्मी बस्याल, कोषाध्यक्षमा नन्दराज सुवेदी, सहसचिव कमल रोका, सदस्यहरुमा देविदत्त देवकोटा, शेखर दहित, अमृत ढकाल, लक्ष्मी बस्याल, प्रकाश पौडेल, लक्ष्मी खनाल लगायत को उपस्थिति रहेको थियो ।

छलफलमा बर्दियाली साहित्य समाजले पुनः साहित्यिक लाली छर्नुपर्ने अपेक्षा स्रष्टाहरुले अपेक्षा राखेका थिए । सभामा उपस्थिति आजीवन सदस्य, र साधरण सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । स्रष्टाहरुले कविता, गीत गजलहरु प्रस्तुत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ