Advertisements
साेम डेमनडाैरा
मान्छे
म मान्छे हुँ भनेर भुल्न थाल्यो
म कसैको छोराछोरी हुँ भन्ने भुल्न थाल्यो
म कसैको आमाबुवा हुँ भन्ने भुल्न थाल्यो
म कसैको साथी हुँ भन्ने भुल्न थाल्यो
म यो परिवारको जिम्मेवारी हुँ भन्ने भुल्न थाल्यो
म यो समाजको अभिन्न अंग हुँ भन्ने भुल्न थाल्यो
म यो देशको सम्पत्ति हुँ भन्ने भुल्न थाल्यो
म सर्वोत्कृष्ट सिर्जना हुँ भन्ने भुल्न थाल्यो ।
मान्छे अब,
आफ्नो जिन्दगी
आफ्नो भविष्य
आफ्नो इज्जत
आफ्नो मानवीयता
आफ्नो जिम्मेवारी
आफ्नो दायित्व
प्रविधिसँग साँट्न थाल्यो
प्रतिशोधसँग साँट्न थाल्यो
पैंसासँग साँट्न थाल्यो ।
एउटा आवेगमा
आमाबुवाले गरेको त्यागलाई
सँधैका लागि बेवास्ता गर्दै
आफैलाई त्याग्न थाल्यो ।