धनगढी, १३ जेठ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलंका गाउँमा हरचाली साहित्यिक उँक्वारभेंट कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम हरचाली साहित्यिक त्रैमासिक पत्रिकाकाे आयोजना र श्रीलंका गाउँकाे व्यवस्थापनमा भएकाे हो ।
कार्यक्रममा बाेल्दै श्रीलंका गाउँका भलमन्सा थारु भाषा, साहित्य र संस्कृतिकाे संरक्षण र सम्बर्द्धन गर्नुपर्नु अावश्यक रहेकाे बताए । उहाँले भनाुभयाे, `हाम्राे पुर्खाहरुकाे गीतबाँस, लोकसाहित्य छ, त्याे सबै हेराउ दै गएकाे छ, यसलाई जाइटा दस्तावेज बगर्नुपर्ने अावश्यक छ । त्यसैले सबै मिलि आफ्नो आफ्नो ठाउँबाट संकलन गरि प्रकाशन गर्नुपर्ने बटाए ।
यस्तै गरि श्रीलंका गाउँकमे बुद्धिजीवी खेमलाल चौधरी थारु साहित्य, संस्कृति, चालचलल, रीतिरिवाज, परम्परा सबै हाम्राे समाजकाे पहिचान हो। यसलाई सिक्न र सिकाउन आवश्यक रहेको बताए ।
यस्तै बरबट्टा गाउँकाे भलमन्सा रोगाहीराम चौधरीले भने, `अहिलेका पुस्ता किताबी ज्ञानमा मात्र सिमित नरहि बाहिरी ज्ञानगुणकाे कुरा सिख्नु अावश्यक रहेकाे छ।´ । मोहनपुर गाउँकाे बुद्धिजीवी जगतराम चौधरी सजना गीत गाउँदै युवाहरुलाई अगाडि बढ्न सल्लाह दिनुभयाे ।
थारु भासा साहित्यमा रुचि रहेपनि अवसर नपाई आफ्नो कला, प्रतिभा प्रस्फुटन गर्न साहित्यिक अभियान चलाएको हरचाली त्रैमासिकके प्रकाशक-सम्पादक सागर कुस्मी बताए । हरचाली पत्रिकामार्फत गजल लेखन तालिम, उद्घोषण तालिम, गजल गोष्ठी लगायत धेरै कार्यक्रम गरिसकेको बताए ।
कार्यक्रममा साहित्यकार सेबेन्द्र कुसुम्याँ, संगम चौधरी, संदीप चौधरी, पुष्पा चौधरी, कमला चौधरी, माया चौधरी, सलिना चौधरी, सुनिता चौधरी, रबिना चौधरी, सीता चौधरी, रमिता चौधरी लगायत आफ्नो आफ्नो गीत, गजल, मुक्तक वाचन गरेका थिए ।