
लक्षु रेग्मी खनाल
भर्खर भर्खर काठमाडौं आएको नँया शहर , नयाँ मान्छेहरू । सानो कोठा त्यहि पनि पानीको समस्या । घाम नपर्ने कोठा, कोठामा एउटा सानो बिस्तारा अनि एक सेट ग्यास । बिरानो ठाँउ कोही आफ्ना छैनन् । भएका पनि कोठाबाट टाढा टाढा छन । बिहानमा कलेज अनि दिउँसोमा अफिस जानुपर्ने । दिनभर अफिसको कामले थाकेर आउँदा कोठा लथालिङ्ग देख्दा झन बढि थकाई लाग्छ ।
तर पनि आफ्नो काम गर्नै पर्यो । बिस्तारै बिस्तारै दिनहरु बित्दै जान्छन् । कलेजमा फि बुझाउने बेला , कोठा भाडा, खाने खर्च ( चामल,दाल,नुन,तेल,मसला र ग्यास ) आदि जुटाउनै पर्यो । घरको आर्थिक अवस्था कमजोर नै छ । सरसहयोग गरौँला भनेर काठमाडौं डाकेका आफन्तको अत्तोपत्तो छैन् ।
बल्लतल्ल महिना दिन पुगेपछि तलब आउँछ । अनि घरबेटी आउँछन ढोका हान्दै । अनि किराना पसलको दिदी मुसुक्क हाँस्दै बहिनी आउन बस भन्छिन् । कलेज गयो भोलि अन्तिम मिति फि तिर्ने , पर्सि बाट डबल दस्तुर लाग्छ भन्छन् । आठ हजारको तलबले सबै बुझा टाल्दै बेलुका कोठामा आएर हेर्दा पर्स रित्तै हुन्छ । अनि आफैले आफैलाई सोध्छु खोइ त ! भोलीलाई गाडी भाडा ?
लक्ष्मी रेग्मी खनाल
वालिङ स्याङ्जा