धनगढी/ कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका समाजसेवी चन्द्र चौधरीले ४८ जना विद्यार्थीहरुलाई सम्मान गरेका छन्।
आशा श्रृंगार तथा शपिङ सेन्टर धनगढीका सञ्चालक समेत रहेका चौधरीले शनिवार एक कार्यक्रमका बीच कैलारी गाउँपालिकास्थित सामुदायिक विद्यालयबाट एसईइ उत्तीर्ण गरेका ४८ जना विद्यार्थीहरुलाई सम्मान तथा बधाइ दिएका छन्।
सम्मान स्वरुप उनले डायरी, कलमसहितका स्टेश्नरी सामग्री वितरण गरेका हुन्। पालिकास्थित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थामा विद्यार्थीमा उत्प्रेणा जगाउन तथा हौसला प्रदान गर्न सम्मान गरेको बताएका छन्।