गुरुप्रसाद कुमाल ‘बुलबुल’
“गायक केशरीलाललाई त भ्याइनभ्याई छ । विभिन्न मेला महाेत्सवमा गाउन पुगेकै छन् । टिकटकमा पनि उनकै गीत भाइरल छ ।” उनलेे मलाई सुनाए । “अँ ! सामाजिक सञ्जालमा भाइरल भएकै कारण त महाेत्सवहरुमा उनको माग बढेको हाे । नत्र त उनको स्वर कहाँ सुन्न लायक छ र । भाइरलकै जमाना छ ।” मैले भनेँ ।
“भाइरल मात्रै भएर त हैन, यार । स्कुल पढ्दा गीत गाएर कयौंपटक पुरस्कार पनि त जितेको थियो ।” फेरि उनले सुनाए । मैले भनेँ – “त्यही कुराकाे आजसम्म घमण्ड छ उसलाई । गायनमा भाग लिने उही केशरीलाल, दिलमायाँ र वियोगी त थिए । वियाेगी उता सिर्जनासँग अर्को शुक्रबारीय कार्यक्रम गर्न थाल्थे । अनि यता केशरीलाल द्वितीय नभएर काे हुनु ।”
हामी दुई गलल्ल हाँस्याैं ।
लमही नगरपालिका -४ सेमरहवा, दाङ देउखुरी