धनगढी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८१ को अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । “हामी सबैको प्रतिवद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८१ को सन्दर्भमा सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत कार्यस्थलमा हुने हिँसा तथा दुव्र्यवहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश, ल्त्ग्ऋ र व्त्ग्ऋ संयुक्त साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।
बिज्ञापन
प्रमुख अतिथिको रुपमा सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महासाखा प्रमुख गणेश बहादुर सिंह, विशिष्ट अतिथि ल्त्ग्ऋ महिला विभागकी केन्द्रिय अध्यक्ष छत्रकला बयक, धनगढी उप(महानगरपालिकाकी महिला विकास अधिकृत अनिता बुढा र श्रम तथा रोजगार कार्यालयका प्रमुख जनक ओखेडा, रहनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाल उद्योग वाणिज्य महासंघ(सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यकारी निर्देशक ज्योती भट्ट ज्यूले गर्नु भएको हो भने कार्यक्रमको सहजिकरण अरविन्द लेखकले गर्नु भएको हो । कार्यक्रम अवधिमा कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार सम्बन्धि छलफल गरिएको हो । कार्यक्रममा प्रदेश सरकार, स्थानीय सरकार, नीजि क्षेत्र, टे्रड युनियन र सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको तर्फबाट बिचार प्रस्तुत गरिएको हो । उक्त कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यसमिति सदस्य कृष्ण बहादुर तामाङ ज्यूले गर्नु भएको हो ।