FB_IMG_1740827771737

धनगढी, १७ फागुन । बर्दियाकाे राजापुर–२, जोेतपुर गाउँमा भएकाे नवौं थारु साहित्य राष्ट्रिय सम्मेलन नौ बुँदे राजापुर घोषणापत्र २०८१ जारी गर्दै सम्पन्न भएकाे छ ।

थारू लेखक संघ नेपाल र जंग्रार साहित्यिक बखेरी, बर्दियाकाे आयोजना, बर्दिया, राजापुर नगरपालिकाकाे आर्थिक सहयोग, यूनिक नेपाल बर्दिया, वरघर समिति, जोतपुरकाे सहकार्यमे २०८१ फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी प्रदेशकाे राजापुर नगरपालिका–२, जोतपुर गाउँमा भएकाेहाे । नवौं थारू साहित्य राष्ट्रिय सम्मेलनकाे सबै प्रतिवद्ध भएर नौ बुदे घोषणापत्र जारी करल यिहे फागुन १५ बाट १७ गतेसम्म हुइल सम्मेलनमा नौ बुँदे राजापुर घोषणापत्र २०८१ जारी गरेकाे सम्मेलनकाे संयोजक डा. कृष्णराज सर्वहारी जनाए ।

घोषणापत्रमा थारू भाषा, साहित्य, संस्कृति, अन्त्यकाे लागि थारु साहित्यिक संघ संस्था, भाषाप्रेमी लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गरेका छन ।थारू लोक साहित्य तथा संस्कृतिके संरक्षण प्रवद्र्धन गर्ने र विभिन्न क्षेत्रकाे जानकार अग्रजहरुकाे अनुभव आदानप्रदान, कथावाचन गरेका छन ।

थारु लोक साहित्यकाे जानकार पुस्तालाई सम्मान गर्नुकाे साथै साहित्यकाे विभिन्न विधामध्ये कुनै एक विधामा प्रतिस्पर्धा कराके पुरष्कृत गर्ने भनिएकाे छ । थारू लेखक संघ नेपालकाे स्थापित थारू भाषा र साहित्यकाे क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्रष्टाहरुलाई सम्मान र पुरस्कारकाे लागि अक्षय कोषकाे राशी वृद्धि गर्ने भनिएकाे छ ।

थारू भाषा, साहित्यकाे समृद्धिकाे लागि साहित्यकारहरुलाई प्रोत्साहित गर्ने, पाण्डुलिपि प्रकाशनकाे वातावरण बनाउने भनपएकाे छ ।
थारू भाषा, साहित्य र संस्कृतिकाे संरक्षण तथा प्रवद्र्धनकाे लागि बजेट विनियोजन गर्ने स्थानीय पालिका प्रदेश तथा संघीय सरकारमा पहल गर्ने तथा दवाव दिने भनिएकाे छ । नवौं थारू साहित्य राष्ट्रिय सम्मेलनकाे स्मारिका प्रकाशन गर्ने, दशौं थारू साहित्य राष्ट्रिय सम्मेलन पर्सा जिल्लामा २०८२ फागुन महिनामा आयोजना गर्ने भनीएकाे छ ।

यस्तै गरि बर्दिया, राजापुर नगरपालिकामत सम्पन्न ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन भव्य, सभ्य एवम् सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजापुर नगरपालिका, यूनिक नेपाल, जोतपुरकाे वरघर समिति, प्यानालिस्ट, सहजकर्ता, स्वयम्सेवक, राजनीतिक दलकाे अगुवा, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, विभिन्न पेशा व्यवसायी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु एवम् टमान जिल्लाबाट सहभागी भएका सबैलाई धन्यवाद ज्ञापन गरिएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ