FB_IMG_1743295833893

अंकर अञ्जान यात्री
“राजा आउ देश बचाउ”
“हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ”
भन्दै घोक्रो फुलाएर
एउटा हातमा ढुङ्गामुढा
अर्को हातमा हतियार बोकेर
आफ्नो बहानमा हुत्तिदै
सीमा तोड्दै, फ्वाँ फ्वाँ गर्दै
आउ..आउ..अगाडी बढ भन्दै
एक हुल भेंडाहरु
राजा लिन गएका थिए
अन्तत:
राजा छोडे
साँझको थकाई मार्न, वाइन, वियर,भोट्का ल्याए
कलेजो ठन्ड्याउन फ्रिज ल्याए
प्यास मेट्न आइसक्रिम ल्याए
शक्ति बढाउन फलफुल ल्याए
अनि गर्मी छल्न पंखा ल्याए
भन तिमी के के ल्यायो?

अंकर अन्जान सहयात्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ