हसुलिया, ८ चैत । कैलारी गाउँपालिकाकोको हसुलियामा ५६ औं अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवस मनाइएको छ ।
‘जातिवाद का विरुद्ध युवा’ भन्ने मुल नाराका साथ हसुलियामा दिवस मनाइएको हो । दलित एकता जागरण नेपालका अध्यक्ष दिपक सुनारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । ५६औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बैशाख मसान्तभित्र गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष चौधरीले मानिसहरुको सोच र अन्धविश्वास हटाए आफै छुवाछुतको अन्त्य हुने बताए । ‘मान्छेको सोच र अन्ध विश्वासलाई हटाउनु पर्छ । मानिसले पुरानो सोच विचार परम्परालाई परिवर्तन गर्नुपर्छ त्यसपछि मात्र जातिय विभेद र छुवाछुत अन्त्य हुन्छ’, उनले भने ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु जातिय विभेद, छुवाछुत आफ्नै घरपरिवारबाट सुरु हदै समाजसम्म जाने भएकोले घरबाटै भेदभाव हटाउन सुरु गरेपछि अन्त्य हुने बताइन् । कार्यक्रममा अधिवक्ता सुर बहादुर परियार, वडा ५ का वडा अध्यक्ष विष्णु प्रासद चौधरी, इन्सेकका कृष्ण विक, दलित मिहला अधिकार मञ्चकी अध्यक्ष सवित्रा घिमिरे, जगृति महिला सहकारी सचिव टीका भुल, लक्ष्मी भुल मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी र राजनितिक दलका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जेहेन्दार र असहाय भएका दश जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यकक्रम दलित सञ्जालका अध्यक्ष दिपक सुनारको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाको सचिव भिम बहादुर तिरुवा गरेका थिए भने सञ्चालन जनक भुलले गरेका थिए । यसै बिच सञ्जालका अध्यक्ष सुनारले गाउँपालिका अध्यक्ष चौधरीलाई विभिन्न माग सहितको ज्ञापन पत्र समेत बुझाएका थिए। परिवर्तन को सुरुवात आफै बाट सुरु गर्नु पर्छ । कैलारी गाउँपालिकामा बाहुल्य थारू समुदायको बसोबास रहेको कुरा हामी सब लाई अवगत छ । बिभिन्न कार्यक्रम, दिवस ,उत्सव मनाउन का लागि राज्य संरचनाले बिभिन्न कार्यक्रम तय गरे पनि दलित समुदायका सवालमा राज्य सकारात्मक देखिदैन । कैलारी गाउँपालिकामा जनसंख्याको हिसाब गर्दा दलित समुदाय दोस्रो स्थानमा रहेको छ भने राजनीतिक रुपमा हाम्रो उपस्थिति निर्णायक रुपमा रहेको छ । तर पनि हामीले आफ्नो समस्या, सवाल लाई साझा रुपमा उठान गर्न सकिरहेको अवस्था छैन । नेपाल को संविधान २०७२ को धारा ४० ले समावेश समानुपातिक सहभागिता को परिकल्पना गरे पनि त्यो हुन सकिरहेको अवस्था छैन । त्यसैले यो कार्यक्रमको आयोजना भएको कुरा जागरणका अध्यक्ष सुनारले बताउनु भयो।