नेपालको तराइ जिल्लामा बसोबास गर्दै आएका हाल सम्मको बर्गिकरण अनुसार कठरिया थारु समुदायको कैलालीमा प्रमुख रुपमा बसोबास गर्दै आएका छन् । कठरियाहरु नेपालको कैलाली देखि चितवन सम्मको जिल्लामा बसोबास गरेको पाइएता पनि बोली भाषा, र चालचलनमा भने फरक फरक रहेकोछ । कैलाली जिल्ला अन्तर्गत बसोबास गरेका कठरिया थारु समुदायको भाषा, रितिरिवाज, चालचलन, सँस्कृति आदिमा मिल्दोजुल्दो रहेको पाइन्छ । साथै कैलाली जिल्ला संग सिमाना जोडिएका भारतमा रहेका कठरिया समुदायको पनि कैलालीका कठरिया समुदाय संग सँस्कृति, भाषा, चालचलन,संस्कार मिल्ने गर्दछ कठरिया समुदाय सँस्कृति र संस्कारमा निकै धनि मानिन्छ । कठरिया जातीहरु क्रमशः पचैयाँ, अठैयाँ, दिवारी (दिपावली) त्यसै गरी फगुइ पर्बहरु बिशेष रुपमा मान्ने गर्दछन् । यि बाहेक साना साना अन्य पर्बहरु पनि रहेका छन् । जुन कठरिया समुदायले अन्य भन्दा फरक तरिकाले मनाउने गर्दछन् । हाम्रो नेपालमा तराइ होली र पहाड होली गरि प्राय दुइ दिन मात्र होली पर्ब मनाउने गरिन्छ । तर कठरिया समुदायमा भने, होली पर्ब (कठरिया भाषामा फगुइ पर्ब) बिशेष रुपमा ८ दिन लामो समय सम्म होरी नाँच नाँचेर होली पर्ब मनाउने गरिन्छ । फगुइ पर्ब कठरिया समुदायको बिशेष पर्ब रपमा रहेको कठरिया समुदायका पुर्खाहरुले बताउछन् ।
कठरिया समुदायले फगुइ (होली) पर्ब लाई किन बिशेष पर्बको रुपमा मान्छन् ?
कठरियाहरू को बिशेष पर्ब फगुई (होली) रहेको छ । कठरिया समुदायमा होली पर्ब फगुइ को पुरनमासी (पुर्णिमा) देखि ्होली जलाई होली पर्ब सुरुवात हुने गर्दछ । हिण्दु धर्म अनुसार कुरा गर्ने हो भने, यो विष्णु पुराणको एक प्रसंग अनुसार उल्लेख गरिएकोछ की…. दैत्य राजा हिरण्यकशिपु (हारना कुश) आफ्ना छोरा प्रह्लाद मार्ने भनि आफ्नी बहिनी प्रयोग गरे भन्ने प्रचलन छ, । जहाँ उनले अफ्नो राज्यमा आफू भगवान हुँ भनि जनताहरू लाई आफ्नो पूजा गर्न लगाउँथे । तेसैमा उनका छोरा प्रह्लाद विष्णु भगवान का सानै देखि भक्त थिए । उनको लाख कोसिस गर्दा पनि आफ्ना छोरा लाई आफ्नो दुश्मन को भक्त ना बन्न अग्रह गर्दा पनि नमान्दा उनी आफ्ना छोरा बिष्णुको सच्चा भक्तको रुपमा पुजा गरि रहे । जसको कारण आफ्ना छोरा प्रह्लादलाई पहिले पागल हात्तीले मार्न खोजे, फेरि पहाडबाट पनि खसाले, तातो तेलमा पनि हाल्दा ना मरे पछि राजा हिरण्यकशिपु अजित भए । अन्तिममा गएर उनका बहिनी होलीका जो ब्रह्मा को भक्त भिए । जो आगोमा ना जल्ने भनेर ब्रह्मा भगवानबाट आशिर्बाद पाएका थिए । हिरण्यकशिपु ले उक्साए पछि होलीका ले आफ्ना भतिज प्रह्लाद लाई मार्ने अठोट गरे । त्यो दिन फागुन पूर्णिमा को दिन थियो । त्यो दिन उनी आफ्ना भतीजालाई आफ्नो काखमा राखी आगोमा बसे तर आगोमा बस्दा आगोले होलीकालाई जलायो तर प्रह्लाद जिउँदो आगो बाट निस्के र होलीका चाहीँ जलेर खरानी भए । हिरण्यकशिपु ले मार्छ भन्ने डरले प्रजाहरू होलीका माता की जय—जय भनी नारा पनि लगाउन थाले । त्यो दिन को सम्झनामा कठरिया समुदायले सबै घरबाट फगुइ को पुर्णिमा दिनमा होली जलाउनकोलागि गोबरको गुँइठा संकलन गर्ने गरिन्छ । साथै ३ देखि ५ वटा सम्म सिम्रा (सिमल) को बिरुवा खनेर कठरिया समुदायले प्रह्लाद को सम्झनामा गाउँको दक्षिण साइडमा मरवा (देवीदेवता पुज्ने स्थान) रहेको स्थानमा पुजा गर्नकोलागि सिम्रा (सिमल) को बिरुवा रोप्ने र पूजा गर्ने गर्दछन् । सिमलको रुखलाई प्रह्लाद हाल सम्म जीवितै छन् भन्ने कठरिया समुदायको आस्था रहेकोछ । जुन सिमलको रुख कठरिया गाउँको पहिचान तथा चिनारीको रुपमा बुझ्न सकिन्छ । साथै गोवर को गुँइठा (कण्डी) लाई होलीका रुपमा फागु पुर्णिमाको रातमा आगो लगाई जलाउने गर्दछन् । जुन जल्दै गरेको गुँइठाको प्रयोगले चुल्होमा आगो बालेर घरमा विभिन्न पाकवानहरु जस्तै तेल वाला रोटी बनाउने गर्दछन् । फागु पुर्णिमाको रातमा आगो लगाएको होलीकालाई अर्को दिन (फागु प्रतिपदा साँझ पख) सबै गाउँलेहरू मिली होलीको रुपमा जल्दै गरेको गोबरको गुइँठाको धुलो निभाउन (कठरिया भाषामा धुर बुताइ) जान्छन् । पुरनमासी (पूर्णिमाकाे) दाेश्राे रात प्रह्लादको प्रतिकको रुपमा रोपेको सिमलको रुखमा तेलमा पकाएको रोटी चढाउने र जलेको गुँइठा या भनौँ होलिकाको रुपमा रहेको खरानीले त्यहि नयाँ रोपेको सिमलको बिरुवा (प्रह्लादको प्रतिक) मा टिका लगाउने र आफुले पनि टिका लगाइ परम्परागत कूल देवतालाई चढाइ त्यस होलीका लाई घुमीघूमी होरी नाँच नाँची नाँच्ने गरेको कठरिया समुदायका पुर्खाहरुको भनाइ रहेकोछ । साथै होलीकाले हामी सबैको रक्षा गरुन् भनेर जलेको खरानी ल्याएर घरको छानोमा छर्कने चलन रहेकोछ ।
कठरिया समुदायहरु फगुइ पर्ब कसरी मनाउँछन्…..त ?
कठरिया समुदायको महिला र पुरुष सबै मिलेर परम्परागत पहिरन जस्तै, परुषले सितारा र फुल्ना लागेको निकै नै आकर्षक रातो टोपी (कठरिया भाषामा कुल्ही) र सेतो रंगको झगिया वा भिगवा भन्ने पहिरन लगाउने साथै महिलाहरुले रातो चोलिया, गतिया वा ब्लाउज, फुल्ना लागेको नहँगा, रातो कपडाको ड्रेस, साँस्कृतिक गहनाहरु र सितारा, फुल्ना लागेको रुमाल सहित ठुलो ठुलो धोल बजाएर सबैजना मिलेर होरी नाँच नाँचेर होली (फगुइ) पर्ब मनाउने गर्दछन् । जसका कारण कठरिया जातीको बिशेष पर्बको रुपमा फगुइ (होली) पर्बलाई लिन सकिन्छ । कठरिया समुदायमा यो पर्ब ८ दिन सम्म मनाउने भएकाले अन्य समुदायको गाउँ भन्दा कठरिया समुदाय भएको गाउँमा होली पर्बमा निकै रौनक तथा चहल पहलका साथै रमाइलो हुनेगर्दछ । बिगतमा कठरिया समुदायहरु होली जलाएको पुरनमासीकाे पहिलो रात (प्रतिपदाका दिन) देखि हाेरी नाँच सुरुवात गरि महिनौँ दिन सम्म नाँचेर मनाउने गर्दथे भने, हाल आएर ८ दिन सम्म होरी नाँच्ने गरेको पाइन्छ । जुन ८ औँ दिनमा खकरेहरा होली (पानी रंगबाट) होली खेलेर होली पर्ब मनाउने गर्दछन् ।