Screenshot_2026-03-19-14-05-44-057_com.facebook.katana-edit

देउखुरी । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. कृष्णराज सर्वहारीले दाङका विभिन्न विद्यालयका विद्यार्थीसँग अन्तत्र्रिmया गर्नुभएको छ । त्यसक्रममा उहाँले चैतन्य पाठशालाका कक्षा ७ का विद्यार्थीहरुसँग अन्तत्र्रिmया गर्नुभएको हो ।

कक्षा ७ को ‘हाम्रो नेपाली’ पुस्तकमा आफूले लेखेको ‘मामालाई सुधार्ने भान्जो’ शीर्षकको कथा समावेश भएको उल्लेख गर्दै डा. सर्वहारीले कोर्सबाहेक कथा, कविता, निबन्ध लेखनलगायत सिर्जनात्मक काममा लाग्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई लेखेका रचना पनि पाठ्यपुस्तकमा छापिन सक्न्ने भन्दै प्रज्ञाको बालपत्रिका ‘लालपाते’मा रचना पठाउन र प्रकाशित रचनाको पारिश्रमिक पनि पाइने जानकारी दिनुभयो । अन्तक्रियाअघि चैतन्य पाठशालाका प्रबन्ध निर्देशक जीवराज आचार्यले पाठशालाको पुस्तकालयका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशन उपलब्ध गराइ दिन आग्रह गर्नुभएको थियो ।

यसैगरी प्राज्ञसभा सदस्य डा. सर्वहारीले तुलसीपुर–१५ को बालचेतना आधारभूत विद्यालय, धम्कापुरका कक्षा ७ का विद्यार्थी तथा लमही नगरपालिकास्थित आदर्श मावि देउपुरका कक्षा ८ का विद्यार्थीहरुसँग पनि अन्तत्र्रिmया गर्नुभएको छ । सो क्रममा सम्बन्धित पालिकाहरुबाट प्रकाशित स्थानीय विषयको पुस्तकबारे बढी छलफल भएको थियो । सो अवसरमा सर्वहारीले आफ्नो लेखन यात्रा तथा प्रज्ञाले गर्ने कामको बारे जानकारी दिनुभएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ