मोती रत्न
हाल : नेपालगञ्ज
माटोको सुवास बोकेर गाउँ अझै हाँसिरहेछ ।
थारु संस्कृतिको ज्योति मनमा नै बाँचिरहेछ।
माघीको रमाइलोमा जुट्छन् आफन्त सबै,
मादलको तालसँगै खुसी गाउँ भर नाचिरहेछ।
झुम्रा र सखिया नाचले सजिन्छ चोकबारी,
पुरानो पहिचानलाई पुस्ताले साँचिरहेछ।
बर्किमारको छायाँमा कथा पुर्खाको सुनिन्छन्,
इतिहासको अमिट रेखा समयले राखिरहेछ।
नदी, वन र खेतसँग जीवन गाँसिएको,
परिश्रमको पसिनाले धरतीलाई सिञ्चिरहेछ।
भाषा, भेष र रीतले चिनिन्छ थारु समुदाय,
एकताको सन्देश सधैं समाजमा डाकीरहेछ।
जतिसुकै बदलियोस् यो संसारको चालढाल,
थारु संस्कृतिको गौरव हृदयमा बाँचिरहेछ।