Aishwarya-Vidya-Niketan-Higher-secondary-school.-Kailali

धनगढी,१७ चैत। सुदूरपश्चिम प्रदेशमा वातावरणीय असहज अवस्था उत्पन्न नभएको भन्दै धनगढीका केही विद्यालयहरुले नियमित कक्षा सञ्चालन गरेका छन । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि चार दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको थियो ।

तर यस प्रदेशमा वातावरणीय असहज अवस्था उत्पन्न नभएको भन्दै बहुमुखी क्याम्पस र सुदू्र पश्चिमाञ्चल क्याम्पसले सुचना जारी गर्दै पठनपाठन नियमित सञ्चालन गरिने जानकारी दिएका हुन ।

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टद्धारा हस्ताक्षेरित सुचनामा भनिएको छ,”यस क्षेत्रमा त्यस प्रकारको वातावरणीय असहज अवस्था उत्पन्न नभएको कारण क्याम्पसको पठनपाठन पूर्व निर्धारित समयसारणी अनुसार सञ्चालन भईरहने व्यहोरा सबैमा जानकारी गराईको छ ।”

यस्तै सुदूर पश्चिमाञ्चल क्याम्पसका प्रमुख टकबहादुर जप्रेलद्वारा जारी सुचनामा भनिएको छ,”प्रदेशमा वायु प्रदूषणको प्रतिकूलता नदेखिएकाले सुदूर पश्चिमाञ्चल क्याम्पसले सञ्चालन गर्दै आएका सबै तहका कक्षा नियमित रूपमा सञ्चालन हुने व्यहोरा सबैलाई जानकारी गरिन्छ ।” सुदूरपश्चिमका अन्य ठाउँमा पनि विद्यालयहरुले नियमित कक्षा सञ्चालन गरिरहेका छन । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ