Madhav_nepal

चैत १८। एमालेका वरिष्ट नेता माधवकुमार नेपालले आफूहरू पार्टी कार्यालय खोजीमा लागेको जानकारी गराएका छन्।

बुधबार युवा संघ नेपालको कार्यालय भवन उद्‌घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनको खोजीमा आफूहरू लागिरहेको बताए।

‘हामीले पनि भवनको खोजी गरेका छौँ। कही कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोलाई’, उनले भने,‘त्यो भन्दा पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ।’

उनले अब कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट सुरू गर्नुपर्ने अवस्था आएको भन्दैं यसका लागि सबैले मुठ्ठी दान गर्नुपर्ने बेला आएको बताए।

उनले कम्युनिष्ट आन्दोलनलाई विघटन हुन नदिने भन्दै गत चैत ४/५ गतेको राष्ट्रिय भेलाले पनि आफूलाई अगाडि बढ्न आदेश दिइसकेको जानकारी गराए।

निलम्बनपछि खनाल(नेपाल समूह समानन्तर कमिटी चलाउने निर्णयसहित अघि बढेको छ । १७ चैतमा सो समूहको स्थायी कमिटी बैठकले समानन्तर रुपमा अघि बढ्ने निर्णय गरेको थियो ।

नेता नेपालले कम्युनिस्ट आन्दोलनको विर्सजन रोक्नका निम्ति समानन्तर ढंगले सशक्त रुपमा अघि बढ्न जरुरी रहेको बताए । कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्नका निम्ति सशक्त रुपमा अघि बढ्न जरुरी छ । पार्टीका जनवर्गीय संगठनलाई पार्टी पुनर्गठनको अभियानमा लाग्न म अनुरोध गर्दछु, नेता नेपालले भने ।

नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीविरोधी गतिविधिमा केन्द्रित रहेको र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिएको भन्दै अध्यक्ष केपी ओलीले १६ चैतमा ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ