धनगढी: सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेर विगत डेढ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार श्रवण देउवाले नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । आसन्न महाधिवेशनमा प्रेस युनियनको नेतृत्वमा बनेको गठबन्धनको तर्फबाट कैलाली शाखा अध्यक्षमा देउवाले उम्मेदवारी दिएका हुन ।
लामो समयदेखि पत्रकारिता गर्दै आएका देउवाले प्रेस युनियन कैलालीको नेतृत्व समेत सम्हाल्दै आएका छन । देउवा नेपाल पत्रकार महासंघ कैलाली शाखा वर्तमान सह-सचीव समेत हुन् ।
देउवा विगत १० वर्षदेखि माउन्टेन टेलिभिजन सुदूरपश्चिम प्रदेश ब्युरो प्रमुख तथा अनुमोदन दैनिकमा सह-सम्पादक भएर काम गर्दै आएका छन । अनुमोदन दैनिकबाट पत्रकारिता शुरु गरेका देउवाले नयाँ पत्रीका एबिसी टेलिभिजन, धनगढी एफएममा काम गरेको अनुभव छ ।
श्रमजीवी पत्रकारहरुको हक हित र अधिकार कार्यान्वयनका लागि निरन्तर लड्दै आएका देउवा युवा पत्रकारहरुको माझमा लोकप्रिय छन । पत्रकार महासंघ कैलाली शाखालाई सशक्त बनाउदै लैजाने, हरेक श्रमजीवीको सम्मान, उचित पारिश्रमिक र समयमा नै भुक्तानीको व्यवस्थापनका लागि पहल गर्ने, पत्रकारको क्षमता वृद्धि अभियान सञ्चालन गर्ने आफ्ना प्रमुख एजेन्डा रहेको देउवाले बताए।
प्रेस युनियनको आधिकारिक टीम उनको प्यानलबाट उपाध्यक्ष (महिला)मा जमुना न्यूरे, सचिवमा युवराज न्यौपाने, सहसचिव (समावेशी) मा दिनेश दहितले उम्मेदवारी दिएका छ्न । यस्तै सदस्यहरूमा दीपक प्रशाद उपाध्यक्ष, शंकर बोहरा, नवराज पनेरु, कृत बहादुर बिष्ट, लोकेन्द्र रावल, पाण्डव पुजारा, विरेन्द्र शाह, हेमराज भट्ट, राजकुमार साउद, लोकबहादुर देउवा, भावना जोशी (महिला) , रतन चौधरी (समावेशी) ले उम्मेदवारी दिएका छ्न ।