Ita_bhata

?????????????

हसुलिया १६ बैशाख । कैलालीको कैलारी गाउँपालिकामा इटा भट्टामा काम गर्ने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कैलारी गाउँपालिका ४ का हरिराम चौधरीकी ४५ वर्षीया श्रीमती चुल्हिया देवी चौधरी हुन।

 उनलाई बुधबार राति ९ बजे देउवा इटा भट्टामा काम गर्ने क्रममा करेन्ट लागेको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी गराउनुभयाे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ