धनगढी,१८ बैशाख । कैलालीमा निषेधाज्ञाको तेस्रो दिन पनि निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढी सवारी साधनलाई होल्ड गरि कारवाही गरिएको छ ।
ठुला-साना सवारी साधन गरि एक हजार २ सय ४३ लाई होल्ड गरि सम्झाई बुझाई छोडिएको र १२ वटा सवारी साधनलाई कारवाही गरि ७ हजार ५ सय राजश्व संकलन गरिएको कुरा जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी गराउनु भयो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गर्नका लाागि निगरानी बढाएको छ ।