ropai-151621905551

हसुलिया । खेतबारीको काम गर्दा दूरी कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मनसुन सुरु भएसँगै खेतबारीको काम सुरु हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै मन्त्रालयले दूरी कायम गर्न आग्रह गरेको हो । 

मेला–पर्म तथा खेतमा पानी लगाउने, धान रोप्नेजस्ता काम समूहमा गरिने भएकाले यसमा सतर्क हुने मन्त्रालयले अनुरोध गरेको छ ।
 
असार महिना लागेसँगै गाउँघरमा काम बढ्नेभन्दै मन्त्रालयले खेतबारीमा जुनसुकै काम गर्दा पनि दूरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने, सावुन पानीले बेलाबेलामा हात धुनुपर्ने जनाएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ