1800x1200_virus_3d_render_red_03_other-1-1

धनगढी,२ असार । सुदूरपश्चिम प्रदेशमा बुधबार (आज) २ सय ८ जनाले कोरोना जितेका छन् । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ६१ नयाँ कोरोना संक्रमित थपिएको छन ।पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ३४ र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार पिसिआर विधिबाट १ सय ५२ र एन्टीजेन बिधिबाट ९ सय १२ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणबाट ज्यान नगएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ५ सय ६१ जनाको मृत्यु भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ