FB_IMG_1624009560446

हसुलिया ४ असार: कैलालीको विभिन्न ठाउँमा धान रोप्ने चटारो सुरु भएको छ । विगतका वर्षमा खडेरीले धान रोप्न ढिलाइ हुने भएपनि यस वर्ष बेलैमा वर्षा भएपछि गाउँघरमा धान रोपाइँ सुरु भएको हो ।

अहिले जिल्लाका अधिकांश फाँटमा किसान बिहानदेखि नै धान रोपाइँमा व्यस्त हुने गरेका छन् । कोरोना महामारीका कारण काममा केही असहज भएपनि गाउँघरतिर रोपाइँ भने धमाधम सुरु भएको छ। 

किसानलाई धानबाली लगाउन र भित्र्याउन लकडाउनले कुनै रोकावट नगर्ने मन्त्रिपरिषद बैठकले यसअघि नै निर्णय गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ