हसुलिया, असार १९ । पहिलो बाल कविता श्रृंखला जूम मार्फत आउदो मंगलबार २२ गते साँझ ८ बजे हुने भएको छ । कैलारी पोष्टको फेसबुकबाट लाइव प्रशारण हुने कार्यक्रम समकालीन थारू बाल साहित्य फेसबुक पेजको आयोजनामा हुने भएको हो।
सैह्चिन साहित्यिक पत्रिका र कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको दोश्रो मंगलबार फेसबुकबाट लाइव प्रशारण हुनेछ । यो पहिलो श्रृंखलामा थारू लेखक संघ नेपालका सह-सचिव तथा अग्रज साहित्यकार जित ट्रासन समीक्षकको रुपमा उपस्थित हुनेछन भने गायिका तथा साहित्यकार कविता काब्य , सागर कुश्मी र गणेश बर्तमानले आफ्नो बाल कविता आफ्नो आवाजमा सुनाउनु हुनेछ। साहित्यकार मोती रत्नले कार्यक्रम होस्ट गर्नुहुनेछ।
मिडिया पाट्नर यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि.मा हरेक महिनाको दोस्रो बुधबार अपलोड हुनेछन भने यस कैलारी पोष्ट र सैह्चिन साहित्यिक पत्रिका मार्फत उक्त थारू भाषी बाल साहित्यलाई अक्षरमा पढ्न सकिनेछ।
यस श्रृंखलामा सहभागी हुनका लागी कैलारी पोष्टको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com मा कविता पठाएर र ज़ूममार्फत प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै बालकवितालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ।