हसुलिया २० असार । खेतबारीको काम सकिएपछि थारू समुदाय यतिबेला खोलानालामा माछा मार्न लागिपरेका छन् । कैलारी गाउँपालिका-५, बैजपुरका इन्द्रा चौधरी र बेलौरी नगरपालिका–९ पथरैया खोलामा लालझाडी गाउँपालिका चानदेवका थारू समुदाय साँझ बिहानको तरकारीको जोहो गर्न लागी परेका छन् ।
खेतबारीको काम सकेर गाउँ घरका फुर्सदिला महिला तथा पुरुष जम्मा भएर खोलानालामा पुगेर साँझ बिहानको तरकारीका लागि माछा मार्ने गर्दछन् । थारू समुदाय माछा धेरै खाने भएकाले घर, च्याउ खोज्न नजिकका जंगलमा पुगेर उनीहरुको दैनिकी नै हो ।



