स्कुल

काठमाडौँ,६ भदौ । विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ ।

त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको विद्यालयमा समेत करारको शिक्षक नियुक्ति गरेको देखिएको छ । यो समाचार पश्चिम टुडेबाट लिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ