IMG20211002130526

प्रबीन बौखही, १६ असोज। कैलाली जिल्लाको कैलारी गाउँपालिका अंतर्गत योंग कम्यूनिष्ट लिग (YCL) नेपाल कैलारी गाउँ कमिटीको प्रथम सम्मेलन हसुलियामा सम्पन्न भएको छ।

तस्बीर: प्रबीन बौखही

सो कार्यक्रमको सुरुवातमा YCL नेपालद्वारा हसुलिया बजारमा मार्चपास गरेका थिए ।

तस्बीर: प्रबीन बौखही

सो कार्यक्रममा माओबादी केन्द्रको जिल्ला समन्वय समिति सदस्य उर्मिला चौधरी, कैलाली जिल्ला संयोजक बसन्त सिंह कार्की, माओबादी केन्द्रको सुरेन्द्र चौधरी, बतासु चौधरी, कैलारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौवा, लक्ष्मण बोहरा लगायतले आफ्नो मन्तब्य व्यक्त गरेका थिए।

तस्बीर: प्रबीन बौखही

साथै सो सम्मेलनमा कैलारी गाउँपालिका स्तरीय नवगठित YCLको ३५ सदस्यीय कमिटी पनि चयन गरिएको छ साथै ९ सदस्यीय रहने गरी पदाधिकारी कमिटी पनि चयन गरिएको छ जसमा अध्यक्ष आशोक चौधरी, उपाध्यक्ष सुन्दर चौधरी, लक्ष्मण चौधरी, सचिवमा भीम तिरुवा, सहसचिवमा पदम सिंह कार्की, राम कुमार चौधरी, तिलक चौधरी, मनोज चौधरी, मिन बहादुर चौधरी इत्यादि रहेका छन ।

तस्बीर: प्रबीन बौखही

सो सम्मेलनमा नेपाली काग्रेसका नरेन्द्र चौधरी र जीवन सुनारलगायतले माओबादी केन्द्रमा प्रबेश गरेका थिए भने पार्टी प्रबेश गर्ने ब्यक्तित्वहरुलाई प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरुले अबिरको टिका लगाउदै स्वागत गरेका थिए।

तस्बीर: प्रबीन बौखही

सो कार्यक्रमको प्रमुख अतिथि योंग कम्यूनिष्ट लिग (YCL) नेपालको निबर्तमान केन्दीय उपाध्यक्ष तथा सुदूर पश्चिम प्रदेश इंजार्ज रतन बहादुर सिंह, बिशिष्ट अतिथि नेपाल कम्यूनिष्ट पार्टी सुदूर पश्चिम प्रदेश कमिटी सदस्य तथा कैलारी गाउँपालिका अध्यक्ष लाजूराम चौधरी, YCL नेपालको निबर्तमान केन्दीय सचिव तथा सुदूर पश्चिम प्रदेश संयोजक दिल बहादुर थापा, अतिथिमा YCL नेपालको केन्दीय सदस्य तथा कैलाली जिल्ला इंचार्ज सुरज खाटी, माओबादी केन्द्र जिल्ला समन्वय समिति सदस्य परशुराम चौधरी “मिशन” लगायत बिभिन्न मोर्चा, संगठन, कैलारी गाउँपालिका अंतर्गतका वडा अध्यक्षहरु, पार्टी कार्यकर्त्ता लगायत ब्यक्तित्वहरुको लगभग ५ सय जनाको उपस्थिति रहेका थियो भने कार्यक्रमको सभाअध्यक्ष अशोक चौधरी रहेका थिए भने संचालन लाल बहादुर ठकुल्लाले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ