karnali-badi3

धनगढी, कार्तिक २। बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लालाई तत्काल २५/२५ लाख रुपैया दिईने भएको छ । प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

उक्त रकम तत्कालको लागी भएको र क्षतीको एकिन विवरण आए थप राहत उपलब्ध गराईने उनले बताईन । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ ।

प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले बताइन् । उनले प्रदेशमा विपद् आएकाले यसको व्यवस्थापन प्रदेश सरकारको मुख्य योजना रहेको बताईन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ