FB_IMG_1634869214450

चित्रबहादुर चौधरी
_____________________________
असामयिक बाढीले धेरैको घरगोठ बगायो।धेरैको भित्र्याउन तम्तयार अन्नपात बगायो।र,थोरै तर सबैभन्दा प्रिय आत्मजन बगायो।घरगोठ बग्यो,बनाइन्छ।वर्षे बाली धानको भर्पाई हिउँदे बालीबाट गरिएला।हाम्रो उठिबास लाग्यो।हामी भोकै छौँ,नाङ्गै छौँ।सरकार,तत्काल राहतको व्यवस्ता गर् भन्दै जोकोही उफ्रिन स्वतन्त्र छ। तर,प्रियजनसँग अकस्मात् सदाका लागि टाढिनु पर्दाको क्षतिपूर्तिको माग गर्दै आन्दोलन गर्न मिल्छ होला कि नाइँ?म टीकापुरको भ्यागुतो विशाल आकाशको बात जान्दिनँ।कात्तिक तीनका दिन मेरा आँखा खुल्दा छिमेकीका खेतमा काटिएका धानका ‘निंहना’ खेतका गरामा तैरिरहेका थिए।अलि पर जमरा कुलासँग जोडिएको मेन्था अफिसको जग्गा र पानी बराबर देख्दैथिएँ म।आफ्नो आँखाको पत्त्यार नलागेर सँगै रहेकी आफ्नी बुढीलाई सोधें-“बड्डी!यी का हो?जमरा त मेन्था बराबर देख्ठुँ जे।काल्हिक छुटल् नि हो कि म्वार आँख बिग्रल् हो?”
बिहान पौने ६ बजेको आसपासमा हामी गुम्बारोड र मुनुवारोडको चौबाटा पुग्दा ससानो मान्छेको भीड थियो।जलमग्न थियो सडक ।झरनवारी भन्डार्नी साहुनीको र झरनपारी नैन तारा जाली उद्द्योग अनि अलि पर भौजी कटेज कात्तिके भेलमा पौडी खेल्दै थिए।
जमरा पुलमा वारिपारी गर्न सहज थिएन झिस्मिसेमा।तर, केही साहसीहरु तर्दै थिए।हामीहरुले पनि आँट बटुलेर पारी जाने निधो गर्‍यौं।सधैं हिँडेको बाटो पनि डरलाग्दो लाग्दै थियो।सडकमा पानी कतिसम्म थियो भने मैले ‘लुज सर्टस्’ जति गर्दा पनि बचाउन सकिनँ।उनको सुरुवालको त कुरै के गर्नु?
(क्रमशः )

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ