ब्यानर

हसुलिया, २४ कार्तिक। कैलालीको जिल्लाको कैलारी गाउँपलिका-१, हरिनगरमा महिलाको न्यायमा पहुच परियोजनाको समुदाय स्तरको संस्था तथा संचारकर्मीसंग मानव अधिकार र महिलाको न्यायमा पहुच सम्बन्धि १ दिने अनुभव अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ल्याक नेपाल, दलित महिला अधिकार मंच,गाउँ विकाश समिति केन्द्र, सम विकास केन्द्र (इडीसी) नेपालको संयुक्त आयोजनामा साथै युएन महिलाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा न्यायको सवालमा अधिवक्ता पुष्प बिक्रम बिक्रम शाहीले सहजीकरण गरेका थिए भने कार्यक्रम संचालन दलित महिला अधिकार मंचक कार्यक्रम संयोजक रोहित बिकले गरेका थिए।
कार्यक्रममा न्यायको सवालमा अधिवक्ता शाहीले कुनै पनि कानुनी समस्या भएमा सो समस्या बारेमा सबभन्दा पहिला महिला समुह, गाउका भलमन्सा, वडा कार्यालय, गाउपालिका मार्फत जिल्ला स्तरमा पुग्न सकिने साथै कानुनी आवस्यक कागजातहरु बनाएर सुरक्षित राख्नुपर्ने बताउनु भयो; जस्तै-बिबाह गरिसकेपछि अनिवार्य बिबाह दर्ता गर्नुपर्ने, बच्चाको जन्म दर्ता गर्नुपर्ने, नागरिकता बनाउ पर्ने, आफ्नो छरछिमेकिमा कसैको कुनै कानुनी कागजात नबनेको खण्डमा किन बनेन? आवस्यक सरसल्लाह दिने, आवस्यक परेमा उसको पक्षमा बोलिदिने गर्नुपर्छ भन्ने कुरा व्यक्त गर्नुभयो। साथै समाजमा रहेका छुवाछुट, बोक्सी प्रथा जस्ता विकृति विसंगति विरुध्ध आवाज उठाउने, सरकारी बजेटको सदुपयोगिया जस्ता कुरामा सचेत हुन जनचेतना बृध्धि गरि असल र सचेत नागरिकको कर्तब्य पुरा गर्नु पर्ने कुरामा जोड दिनु भयो।
महिलाको न्यायमा पहुच परियोजनाको माध्यमबाट महिलालाई निर्धक्क भइ आफ्नो कुरा राख्न सक्ने सक्षम बनाएको साथै सरकारी बजेट सदुपयोग भए नभएको साथै लक्षित बर्गलाई बजेट बनाउदा छुटेमा पहल गर्न सक्ने भएको कुरा सक्षम महिला भएको कुरा नमुना महिला समुहका सोभा बिकले आफ्नो अनुभव सुनाउनु भयो ।
दलित महिला अधिकार मंचक कार्यक्रम संयोजक बिकले यो कार्यक्रम कैलालीको कैलारी गाउँपलिका र भजनी नगरपालिका, डोटी जिल्ला र सर्लाही जिल्लामा कार्यक्रम चलेको साथै नमुना महिला समुहलाई महिलाको न्यायमा पहुच परियोजना संचालनको लागि रु. २ लाख ५० हजार सहयोग गरेको जानकारी गराउनु भयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ