नेपालगन्ज। एन.सी.एफ.एन.का अध्यक्ष रेभ. हनोक तामाङज्यू र प्रदेश नं. ५ बाके जिल्ला मेनलाइन चर्चका आदरणीय पास्टर अगुवाजनहरू वीच एक ऎतिहासीक भेटघाटसंगती नेपालगन्ज स्थित होटल सिद्धार्थ कटेजमा सम्पन्न भएको छ । कोभिड १९ ले गर्दा यस मण्डलीका पास्टर अगुवाजनहरू वीच यसप्रकारका भेटघाटहरू हुन नसकिरहेका अवस्थामा लामो समयअन्त्तराल पछि पहिलो पटक पास्टर अगुवाजनहरुवीच यो भेटघाट संगति भएको हो । यस भेटघाट कार्यक्रममा एन.सी.एफ.एन.का अध्यक्ष रेभ. हनोक तामाङज्यूले यस भेगका नयाँ पुराना सवै पास्टर तथा अगुवाजनहरु सगँ संगति गर्ने सुवर्ण अवसर प्राप्त भएको खुशी व्यक्त गर्नुभयो त्यसै गरि भेलालाई सम्बोधन गर्दै एन.सी.एफ. नेपालको इतिहासीक पृष्ठभुमि, दर्शन र भावी रणनीति साथै सवै सघंसस्था समुदाय सँगको सम्बन्ध संगति र सहकार्यको विषयमा आÇनो धाराण व्यक्त गर्नुभएको थियो विशेष गरि एन.सी.एफ.एन. र एन.सी.एस. दुवै मिलेर निरन्तर अघि बढ्नुपर्ने कुरालाई थप प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा एजी चर्चका रेभ. पास्टर कर्णेलियस तामाङज्यूले स्वागत मतन्वय व्यक्त गर्नुभएको थियो भने एन.सी.एफ.एन. लुम्बिनी प्रदेशका अध्यक्ष पा. हेम दासज्यूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । यस भेटघाट कार्यक्रममा विभिन्न मण्डलीका ३५ जना पास्टर अगुवाजनहरु उपस्थिति हुनुभएको थियो । यस भेटघाट कार्यक्रको सम्पूर्ण व्यवस्थापन एन.सी.एफ.एन. लुम्बिनी प्रदेश अध्यक्ष पास्टर हेमदासज्यूले मिलाउनु भएको थियो । यस भेटघाट मार्फत गरिमामय इतिहास बोकेको संस्था एन.सी.एफ.एन.को इतिहासको विषयमा प्रष्ट जानकारी प्राप्त भएकोमा सवैजना सहभागी पास्टर अगुवाजनहरू उत्साहीत हुनुभएको थियो । यस भेटघाट संगतिको अन्त्यमा बाके इसाई समाजका अध्यक्ष रेभ. धनबहादुर पाण्डेज्यूले धन्यावद ज्ञापन गर्नुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गरिएको थियो ।