चितवन– चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै ¥याली निकालेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीको आयोजनामा मङ्गलवार चितवनको रत्ननगरमा सुकुम्बासीहरूले ¥याली निकालेर ’नो लालपुर्जा, नो भोट’ भन्दै प्रदर्शन गरेका हुन्। आउँदो चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगर नगर कमिटीका उपाध्यक्ष रवि भट्टले बताए। उनीहरूको ¥याली निपनी चोकबाट सुरु भएर टाँडी चोक परिक्रमा गर्दै रत्ननगर नगरपालिकाको मुख्य गेट अगाडि पुगेको थियो। उनीहरूले प्ले कार्डमा उधारो भोट माग्ने प्रथा बन्द गर, अबको काम लालपुर्जामा सुकुम्बासीको नाम लगायत नारा लेखेर प्रदर्शन गरेका थिए।