Screenshot_20211226-181103_Facebook

काठमाडौं, पुस ११ गते । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । आइतबार सुरक्षा समितिको नियमित बसेको बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर त्यसको सुरक्षा व्यवस्थाको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहेका उहाँले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ