Screenshot_20220105-063101_Facebook

काठमाडौं:;कवि तथा गीतकार वसन्त चौधरीका दुई कृति सार्वजनिक भएका छन्। कविता संग्रह ‘तिमीबिनाको म’ र ‘अनेक पल और मैं’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो। ‘तिमीबिनाको म’ मा ८५ वटा र ‘अनेक पल औंर मैं’ ८३ रचना समेटिएका छन्

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ कवि तुलसी दिवस, स्वयं कवि चौधरी, ‘तिमीबिनाको म’का प्रकाशक मेघा चौधरी, आख्यानकार तथा प्राध्यापक भुवन ढुंगाना तथा मुम्बई विश्वविद्यालयको हिन्दी विभागका अध्यक्ष प्रा.डा. करुणाशंकर उपाध्यायले संयुक्त रूपमा लोकार्पण गरे।

चौधरीका यसअघि आठ वटा पुस्तक बजारमा आइसकेका छन्। ‘तिमीबिनाको म’ माथि समीक्षा गर्दै वरिष्ठ आख्यानकार ढुंगानाले चौधरीको काव्यिक यात्राको प्रशंसा  गरे। हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’को समीक्षा गर्दै प्रा.डा. उपाध्यायले शालीन र सरल व्यवहारका सशक्त कवि आफूहरूले पाएको दाबी गरे। प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले नेपाली वाङ्मयमा वसन्त चौधरीले महत्वपूर्ण योगदान दिएको बताए। कवि तुलसी दिवसले चौधरीका सिर्जनामा आफूले उर्वरता देखेको टिप्पणी गरे। 

हालै भारतमा सम्पन्न कालिंगा साहित्य महोत्सवमा ‘अनेक पल और मैं’ उत्कृष्ट कविता संग्रहको रूपमा पुरस्कृत भएको जानकारी गराइएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ