FB_IMG_1644851211941

माेती रत्न
कञ्चनपुर, फागुन १४। छेठाैं राष्ट्रिय थारु साहित्य सम्मेलन २०७८ कञ्चनपुरमा १० बुँदे घाेषणापत्र जारी गर्दै सम्पन्न भएकाे छ।
अाज भएकाे समापन कार्यक्रममा थारु भाषा, साहित्य संस्कृति संरक्षणकाे लागि सबै एकजुट भएर सहकार्य गर्ने; थारु मातृभाषा पठनपाठन कार्यन्वयन गर्न पहल गर्ने; थारु लाेक साहित्य र संस्कृतिलाई संरक्षण गर्न दस्तावेजीकरण गर्ने र लाेक साहित्य जानकार पुर्खाहरुलाई सम्मान गर्ने; थारु भाषा विकासका लागि सिर्जनात्मक लेखनलाई तिब्रता दिने; थरुहट क्षेत्रका पालिकाहरुलाई थारु भाषा, साहित्य, संस्कृति संरक्षणकाे लागि बजेट छुट्टाउन पहल गर्ने; स्मारिका प्रकाशन गर्ने; साताैं साहित्य सम्मेलन बाँके जिल्लामा २०७९ फागुनमा गर्ने लगायटकाे बुँदाहरु घाेषणा पत्रमा उल्लेख भएकाे छ।

थारू भाषा, साहित्य, कला, संस्कृति प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्य सहित फागुन १२ देखि १४ गते सम्म विभिन्न शिर्षकमा बहस भएकाे थियाे।
सम्मेलनमा थारु लोकसाहित्य र थारु लोक दर्शनमा; सुदूरपश्चिममेमे थारु साहित्यिक र अन्य पत्रकारिता; सुदूरपश्चिममा थारु गीत संगीतकाे अवस्था; साहित्यमा महिला आवाज; खै थारु जोधा उनीहरुकाे खोजी; सामाजिक संजालमा थारु साहित्य लगायत विषयमा छलफल भएकाे थियाे । यस्तै थारु पहिचानकाे सवाल, थारु भाषाकाे कविता गजल मुक्तक वाचन, लोक साहित्यकाे अवसर सम्भावना लगायत विषयमा बृहत छलफल भएकाे जनाएकाे छ । तीन दिनसम्म राष्ट्रियस्तरकाे साहित्यक सम्मेलन थारू लेखक संघ नेपाल र थारु कल्याणकारिणी सभा कञ्चनपुर आयोजनामा थारु भाषा तथा साहित्य उत्थान मन्च कञ्चनपुर (गोचाली परिवार २०२८) लगायतकाे सहयोग रहेकाे थियाे कुरा थारु राष्ट्रिय साहित्य सम्मेलनके मूल आयोजक समितिकाे संयोजक एवं थारु लेखक संघका केन्द्रीय संयोजक डा. कृष्णराज सर्वहारी बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ