हसुलिया, ३ चैत। सगोल संस्थाको सहयोगमा र कैलारी गाउँपालिकाको आयोजनामा विभिन्न बस्ती र ठाउँहरुमा खाेज र उद्दार सामग्री हस्तान्तरण गरिएकाे छ। शशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय भुइयाँफाँता,मोहना पारीका बस्तीहरु हौसलपुर टोल,बिसनपुर टोल,शिबरत्नपुर टोल र मोहनपुर टोललाइ बिपद ब्यबस्थापन अन्तरगत खोज तथा उद्दार सामग्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि सत्गौवा,बिद्यालय निरिक्षक गणेश मिश्र,सामुदायिक बिकास अधिकृत यगम कलेल,७ नं. वडा अध्यक्ष कमल प्रसाद चौधरीको हातबाट हस्तान्तरण गरिएकाे कुरा सगाेलकाे कैलाली अभिकर्ता रामसमझ चाैधरीले जानकारी गराउनु भयाे।