धनगढी,१० चैत । धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव २०७८ सुरु हुँदै छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजक कैलाली उद्योग बाणीज्य संघले हिजो पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी बारे जानकारी गराएको हो । आजबाट सुरु हुने महोत्सव २० गतेसम्म चल्ने छ । आज बिहान बिहान १० बजे प्रभातफेरीको आयोजना गरिएको छ । महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।