FB_IMG_1650506994531

नेपालगन्ज, वैशाख ७। एन.सी.एफ.एन. लुम्बिनी प्रदेश समितिको आयोजनामा नेपालगन्ज स्थित कलाउड होटलमा प्रदेश स्तरीय पास्टर तथा अगुवाजनहरुको विशेष भेलागरी एन.सी.एफ.एन.को ६२ औं अधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष रेभ. हनोक तामाङज्यूलाई बधाई तथा सम्मान गर्नुभएको छ । कार्यक्रममा प्रदेश अध्यक्ष पा. हेम दासज्यूले औपचारीक स्वागत गर्नुभएको थियो भने एन.सी.एफ.एन. सदस्य मण्डलीका जेष्ठ पास्टर युहन्ना गुरुङज्यूले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो । ऐजीएन.का केन्द्रीय अध्यक्ष रेभ. एल.बी चौधरी, बाके जिल्ला इसाई समाजको अध्यक्ष रेभ. धनबहादुर पाण्डे, रेभ. कर्नेलियस तामाङ, कमिट नेपालको अध्यक्ष केशब नेपाली, गेस मिसनका पास्टर विजय दास लगायत का व्यक्तित्वहरुले सफल कार्यकालको लागि शुभकामना मनतव्य दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष हनोक तामाङज्यूले आफुलाई गर्नुभएको सम्मान प्रति कृतज्ञात प्रकट गर्दे एन.सी.एफ.एन.को दर्शन र उदेश्य अनुरुपम अघि बढ्नको लागि अघिल्लो कार्यकालमा आफुले भन्दै आएको मुल सुत्र र भावी कार्यदिशाको बारेमा प्रष्ट पार्नुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ