हसुलिया। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हसुलिया पुगेका छन् ।
कैलालीको कैलारी गाउँपालिकास्थित आयोजित चुनावी सभालाई सम्बोधन गर्न उनी आइतबार बिहानै हसुलिया पुगेका हुन् ।
माओवादी केन्द्र कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीका अनुसार शनिवार कैलाली पुगेका उनी आइतवार कालिकोट, धनगढी, डोटी र कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।